२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चिसापानी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राख्ने


2.392k
Shares

नवलपरासी । हातखुट्टा गुमाएर अपाङ्ता भएका व्यक्तिहरुलाई नवलपरासीको बर्दघाटस्थित चिसापानी सरकारी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राखिदिने भएको छ ।

अस्पतालमा कृतिम हातखुट्टा केन्द्र सुरु भएसँगै उक्त सेवा सुरु गरिएको हो । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा ‘सिजी सबल केन्द्र’ सञ्चालन गरिएको हो ।

आज आयोजित एक कार्यक्रममा उद्योगपति समेत रहेका नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केन्द्रको उद्घाटन गर्नुभएको हो । हातखुट्टा नभएकाहरुको समस्यालाई मध्यनजर गरेर अस्पतालमा यो सेवा सुरु गरिएको सांसद चौधरीले बताउनुभयो ।

नगर क्षेत्रबाट अस्पतालसम्म आउन नसक्ने अपाङ्ता भएका व्यक्तिहरुलाई घरबाटै ल्याएर सेवा दिइने बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले बताउनुभयो ।