
धनकुटा । धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम र उत्पादनमा लागेकाहरुको व्यवसाय प्रवर्द्धन गर्न पुनःएकीकरण मेला आयोजना गरिएको छ ।
कोरोना महामारीको समयमा रोजगारी गुमाएर मलेशिया र खाडी मुलुकबाट छोटो समयमै घर फर्केकाहरुलाई स्वोजगार बनाउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको आर्थिक साझेदारीमा २ वर्षअघि धनकुटा नगरपालिकाले १ लाख ४० हजार रुपैयाँ बिउ पूँजी उपलब्ध गराएको थियो ।
ती उद्यमीका उत्पादन प्रदर्शन र बिक्रीका लागि धनकुटामा एकदिने मेला आयोजना गरिएको हो । मेलामा हाते औजार, घिउ, मह, अचार, फलफूल, खसी, बोका लगायतका उत्पादनको प्रदर्शनी र बिक्री गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्