२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज


897
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ ।

हिजो शनिवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसो २ बजे हुने कार्यक्रम तय भएको छ । शपथसँगै मुख्यमन्त्री कार्कीले आजनै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

कार्कीको पक्षमा एमालेका ३९ र कांग्रेसका–८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीका कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गर्नुभएको थियो ।

दुवै आकांक्षीका पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले हिजो दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नु भएको थियो । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नभए पछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।