
धनकुटा । होटल एसोसियसन धनकुटाले भारतको सिक्किमका बाढी पीडितहरुको लागि गरेको सहयोग संकलनको विवरण सार्वजनिक गरेको छ ।
होटल एसोसियसन धनकुटाको अगुवाइमा २ लाख २३ हजार ४ सय २५ रुपैयाँ सहयोग संकलन गरिएको जनाइएको छ ।
सिक्कमका व्यावसायीहरुले समेत विपतको समयमा धनकुटालाई सहयोग गरेकाले सद्भावका लागि सहयोग पठाउन लागिएको होटल एसोसियसन धनकुटाका सल्लाकार समितिका संयोजक दिनेश अमात्यले बताउनुभयो ।
होटल एसोसिएसन धनकुटाले धनकुटा बजार, हिले बजार, पाख्रिवास, सिंधुवा, जोरपाटी, भेडेटार, मुलघाट लगायतका स्थानमा रहेका होटल र अन्य दातासंग सहयोग संकलन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्