२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलामबाट एक जना यात्रु बोकेर उड्यो जहाज


18.408k
Shares

इलाम । इलामकोे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गत जेठ यता आइतबार पहिलो पटक जहाज अवतरण गर्‍यो ।

काठमाडौंबाट पाँच यात्रु लिएर गएको नेपाल वायु सेवाको जहाज इलामबाट भने एक जना यात्रु लिएर फर्केको थियो । प्रत्येक बिहीबार इलाम–काठमाडौ उडान गर्ने भनिएकोमा नेपाल वायुसेवा निगमले गत जेठ २२ गते यता इलाम उडान गरेको थिएन ।

असोज लागेपछि नियमित उडान सञ्चालन हुने भनिए पनि मौसमको कारण देखाउँदै उडान हुन सकेको थिएन ।

पूर्णरुपमा विमानस्थल निर्माण सम्पन्न भइनसकेको र विमानस्थल भएको स्थानको मौसम वर्र्षायाममा खराब हुने भएकाले पनि उडान भर्न समस्या हुने गरेको नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

विमानस्थलमा अझै टर्मिनल भवन, विमान स्थलसम्म पुग्ने पक्की सडक लगायतका संरचना निर्माण गर्न बाँकी छ ।