
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सोमबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।
दार्चुलापारी भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेट जाँदा ४ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिनुभयो ।
भूकम्पको धक्काको महसुस निकै गरिएको भएपनि क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
केही दिन अघिमात्रै बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण धनजनको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्