८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा २३ अंकले गिरावट


208
Shares

काठमाडौं । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा संशोधन गरेपछि शेयर बजार निरन्तर ओरालो लागेको छ ।

लगातार घट्दै आएको शेयर बजार सोमबार पनि दोहोरो अंकको गिरावट आयो ।

२३ अंकले घटेको बजार १८ सय ५१ बिन्दुमा झरेको छ । कारोबार भएका सबै उपसूचक राताम्मे रहेको बजारमा सवा अर्ब बराबरका शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन, जलविद्युत र जीवन बिमा समूहमा दुई प्रतिशत बढीको गिरावट आएको बजारमा अरु आधा दर्जन कम्पनीको शेयर १ प्रतिशत बढीले घटेका छन् । घटेको बजारमा सिद्धार्थ प्रिमियमका लागनीकर्ताले सबैभन्दा बढी करिब आठ प्रतिशत बराबर कमाएका छन् भने सयपत्री हाइड्रो पावर र हाथ्वे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।

सोमबार २ सय ८४ कम्पनीको ४८ लाख कित्ता शेयर १ अर्ब २५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार जम्मा २२ कम्पनीको मूल्य बढ्यो भने २ सय ११ कम्पनीको मूल्य घटेको छ ।