
पर्वत । पर्वतको विहादी गाउँपालिका– १ बाच्छामा मृत अवस्थामा चितुवा फेला परेको छ ।
आइतबार राति बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो ।
स्थानीयले देखेर खबर गरेपछि डिभिजन वन कार्यालय पर्वतका कर्मचारी तथा बाच्छा प्रहरीचौकीको टोलीले मृत चितुवालाई प्रहरी चौकीको परिषरमा खाडल खनेर गाडिएको छ । प्राकृतिक कारणले चितुवाको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
पर्वतमा चितुवाको संख्या बढेसँगै बस्तीमा क्षति पुर्याउने र चितुवा आफै मर्ने क्रम बढेको कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ९ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जिवितै उद्धार गरिएको थियो ।
चालु आर्थिक वर्षमा पनि गत भदौ १४ गते मोदी गाउँपालिका– ७ राम्दा देउरालीमा चितुवा मृत भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्