१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छ : मन्त्री किराँती


234
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताउनुभयो ।

मन्त्री किराँतीले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताउनुभयो । उहाँले उडानमा ढिला नगर्न निर्देशन दिनुभयो । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताउनुभयो ।

मन्त्री किराँतीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधान दिनुपर्ने बताउनुभयो ।