१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025

समस्याका बावजुद प्रहरी जनताको सुरक्षामा : मुख्यमन्त्री शाह

78
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीले जनतालाई साथमा लिएर आफ्नो गरिमालाई कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताउनुभएको हो ।

विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेशको दूरदराजमा रहेका प्रहरीको व्यवस्थापनमा प्रदेश सरकारसहित सरोकारवाला सबै निकाय चुकेको बताउनुभयो ।

शान्ति, सुरक्षा कायम गर्न कुनाकन्दरामा खटिएका प्रहरीले विभिन्न समस्या भोगिरहेको मुख्यमन्त्री शाहको भनाइ छ ।

उहाँले नेपाल प्रहरीलाई प्रदेश सरकारले स्रोत, साधनले भ्याएसम्म जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै नेपाल प्रहरी यो अवस्थासम्म आइपुगेको बताउनुभयो ।

नेपाल प्रहरी अविचलित भएर नेपाली जनतालाई शान्ति, सुरक्षा दिन सदैव तत्पर रहेको उहाँले बताउनुभयो ।