
काठमाडौं । दशैं नजिकिंदै गर्दा शेयर बजारका लगानीकर्ता पनि हौसिएका छन् ।
बजार खुलेदेखि नै निरन्तर उकालो लागेको बजार ४३ अंकले उकालो लाग्दा १९ सयको बिन्दु पार गर्दै १९ पाँच बिन्दुमा पुग्यो ।
कारोबार भने एक अर्ब तलै खुम्चिएको नेप्सेले जनाएको छ । कारोबार रकम हेर्दा बजारको उकालो यात्राको दिगो पनमा भने आशंका गरिएको छ । कारोवार भएका सबै उपसुचकमा हरियाली छाएको बुधबारको बजारमा अधिकांश समूहमा दुई प्रतिशत बढीको वृृद्धि आयो ।
बुधबार सबैभन्दा बढी आशा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता लगायत करिब दर्जन बढी कम्पनीका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् । बुधबार दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार कित्ता शेयर ९३ करोड ४८ लाखमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
बुधबार २ सय २३ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्