
काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३४, आसिफ शेख २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए । यूएईका अल नासिर र निलांश केसवानीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्