
काठमाडौं । केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल गरेको छ ।
मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।
बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले जानकारी गराउनुभयो ।
उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प सिल गरेका गरिएको छ । यस्तै कलंकीको श्यामा पम्प पनि सिल गरिएको र यसबारे थप अनुसन्धान भइरहेको छ । दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निश्कर्ष निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्