
काठमाडौं । सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ ।
अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारिले मासिक एक सय लिटर इन्धन पाउने छन् ।
यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । निर्देशिकामा इन्धनको सुविधा मासिक रुपमा र मोबिल तथा ब्रेक ओइलको रकम त्रैमासिक रुपमा दिने उल्लेख गरिएको छ ।
विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा आधा दिइने छ ।
प्रतिक्रिया दिनुहोस्