
राजेश जीसी
प्यूठान । रोल्पामा बालविवाहको आंकडा भयावह देखिएको छ । सामाजिक सञ्जालको प्रयोग तथा अशिक्षा र गरिबीका कारण रोल्पामा बालविवाहको दर भयावाह रहेको सरकारी तथ्याङ्याकले देखाएको छ । तथ्याङ्याक अनुसार रोल्पामा करिब ४५ प्रतिशत बालविवाह हुने गरेको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका– ७ की मिना परियार २० वर्ष पुगिन् । उनले १८ वर्षमै बिवाह गरिन् । विद्यालयमा पढ्दा पढ्दै माया प्रेम बसेपछि सानै उमेरमा भागेर विवाह गरेको उनी बताउँछिन् । उनको साथमा अहिले एक वर्षको बच्चा समेत छ । यस्तै, सोही ठाउँकी रेजिना बुढाथोकीले पनि १९ वर्षमा प्रेम विवाह गरिन् । सामाजिक सञ्जालबाट माया प्रेम बसेपछि विवाह गरेको उनी बताउँछिन् । सानो उमेरमा विवाह गर्दा बच्चा तथा आमाको स्वास्थ्यमा असर पर्ने उनको बुझाइ छ ।
यी उदाहरण मात्र हुन् । उनी जस्ता रोल्पामा उमेर नपुगी विवाह गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । रोल्पाका सरकारी कार्यालय तथा विभिन्न संघसस्थाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर यति गर्दा पनि बालबिवाह रोक्न नसकिएको सरकारी अधिकारी बताउँछन् ।
रोल्पामा करिब ४५ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । सानै उमेरमा विवाह गर्दा कम तौलको बच्चा जन्मने तथा आमाको स्वास्थ्यमा पनि असर पर्ने गरेको छ । बालविवाह रोक्न सरकारी निकाय तथा संघसंस्थाले प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्