१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई किलो चिनी किन्न धादिङबाट काठमाडौं


18.369k
Shares

काठमाडौं । बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् ।

नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आउनुभएको हो । दशैं, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताउनुभयो । उहाँले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । भट्टराई चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाउनुभयो ।

भट्टराईले धादिङका खाद्यन्न पसलहरुमा चिनी नपाएको पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताउनुभयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आउनु परेको बताउनुभयो ।

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बस्नुभएकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताउनुभयो । उहाँले नेपालीको मुख्य चाड दशैं, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिनुभएको बताउनुभयो । उहाँले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भएपनि लाइन बसेर लिन आएको बताउनुभयो । उप्रेतीले सरकार जनताप्रति उत्तरदायी नहुँदा हेरक वर्ष ग्यास, चिनी, नुन लगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताउनुभयो ।

त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसल आउनुभएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उहाँले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताउनुभयो । उहाँले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गर्नुभयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताउनुभयो । उहाँले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताउनुभयो ।

विभागीय निर्देशक झाले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने बताउनुभयो । उहाँले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताउनुभयो । उहाँले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालिन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताउनुभयो ।

सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन निर्देशक झाले भन्नुभयो । उहाँले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताउनुभयो ।

निर्देशक झाले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताउनुभयो । उहाँले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौंका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताउनुभयो । उहाँले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको बताउनुभयो । उहाँले मानिसहरुसँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिएको बताउनुभयो ।

निर्देशक झाले दशैं, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरेपनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताउनु भयो । आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।

चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानको लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ ।