
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस वर्ष सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले यस्तो बताउनुभएको हो । उहाँले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनुभयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो ।
मेयर महर्जनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनुभयो । उहाँले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्