
web pic
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्