
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनुभएको छ ।
असत्यमाथि सत्यको जितको रुपमा रहेको चाडबडा दशैंले सहि सत्य देवी शक्तिको संवद्र्धन गर्न प्रेरणा प्रदान गरुन भन्ने शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा पूर्वराजा शाहले अग्रगतिको नाममा भनेर आएको परिवर्तनले केही गर्न नसकेको भन्दै देश झन झन खराबीतर्फ उन्मुख भएको स्मरण गर्दै व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्धन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउने वातावरण नरहेको स्पष्ट पार्नुभयो ।
नेपालीकोे जीवन यापन पनि कष्टकर बन्दै गएको भन्दै उहाँले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ् न पाउनु पर्छ भन्नुभएको छ । हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदायमा रहेतापनि हामी सबै नेपाली भएको भन्दै सबै नेपाली माझी बनेर साझा फूलवारीलाई सजाउनु, भन्ने सन्देश दिनुभएको छ । साथै उहाँले कसैले कसैप्रति निषेध र निन्दा नगरी आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्छ भन्नुभएको छ ।
डेढ दशक यताका अवधिमा एकतिहाइ जनसंंंख्या देशबाहर रहेको स्मरण गर्दै उहाँले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा महशुस भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्