
web pic
बझाङ । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शुक्रबार बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटना हुँदा गम्भीर घाइते बुड्खोरीका २५ वर्षका रेशम महतको उपचारको क्रममा मृत्यु भएको बझाङका प्रहरी प्रमुख भरतबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेल भइ खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ५ जना जना घाइते भएका हुन् ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित ९ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस्