
काठमाडौं । नेपाली सेनाले पनि आज सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गर्दैछ ।
फुलपाती बढाइँमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि हुने कार्यक्रम छ ।
बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने चलन छ । यस अवसरमा सेनाले परेड प्रस्तुत गर्नुका साथै फुलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ ।
बडादसैँको सप्तमी अर्थात् फुलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका साथ फुलपाती बढाइँ गर्ने परम्परा छ । गोर्खाबाट ल्याइएको जमरा र फुलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फुलपाती बढाइँ गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्