
काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा जापानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
मलेसियामा शनिबार भएको खेलमा नेपालले जापानलाई १ सय ४३ रनले हराएको हो ।
वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ४ बलमा ४९ रन बनाउँदा ४३ रनमै अलआउट भयो । जापानका शोतारो हिरासुकाले १५ र किफर यामामोतोले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्ता धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । नेपालका दीपक बोहरा ७९ रन बनाएर आउट भए । यस्तै, आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।
फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्ने पक्का भएको छ । यस्तै अर्काे सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेको यूएईले पनि एसिया कप खेल्ने पक्का भएको छ । एसिया कपमा पुग्ने तेस्रो टोलीको टुङ्गो जापान र सिङ्गापुरबीचको खेलको विजेताबाट लाग्ने छ । यो खेलको विजेताले शीर्ष ३ मा पर्दै एसिया कप खेल्न पाउने छ ।
प्रतिक्रिया दिनुहोस्