
काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ ।
आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी पुगेको हो ।
दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव आइतबार नेपाल ल्याइएको थियो ।
असोज २० गते हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्