५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


4.199k
Shares

पाल्पा । पाल्पाको रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भिर भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइत एक जनाको उद्धार गरिएको जिल्ला प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने अझै खुल्न सकेको छैन ।

आइतबार बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटना स्थल निकै ठूलो भिर र खोला परेकोले उद्धारमा किठिनाइ समेत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख शर्माले बताउनुभयो । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र शास्त्र प्रहरीको साथै स्थानियको सहयोगमा शव निकाल्ने काम भईरहेको छ ।