
?????????????
काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।
तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने परम्परा रहेको छ ।
तलेजु भवानीको मन्दिरमा दर्शन तथा पूजा गर्न आउने भक्तजनहरुको बिहानैदेखि लाम लागेको छ । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई तुलजा पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्