
काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरुको भीड लागेको छ ।
बडा दशैँअन्तर्गत आज महानवमीको दिनमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अघि धोई, पखाली गरेर गाडी सर्भिसिङ गरिन्छ ।
महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् ।
आजको दिन विशेषतगरि अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स उत्पादनहरुको विशेष पूजा गर्दछन् । विधि अनुसार गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ ।
नवरात्रको महाअष्टमी र महानवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा सवारीसाधनहरु धेरै समय टिक्ने, आफूलाई नाफा दिने जस्ता विश्वास लिएर विशेष पूजा गर्ने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्