२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिंगो बस्ती शोकमा डुब्यो


12.662k
Shares

काठमाडौ । दसैंको रौनक बढिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा भने आज शोकमा डुब्योे ।

इजरायल घटनामा मारिएका दस विद्यार्थीमध्ये सुदूरपश्चिमका चार विद्यार्थीको शव आइतबार धनगढी पु¥याइएको थियो ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि परिवारका साथै सिंगो बस्ती शोकमा डुबेको छ ।

आफ्नो छोरो दीपेश विष्ट शवको रुपमा बाकसमा फर्केको देखेपछि आमा पार्वती बेहोस भइन् । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको हो ।

दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्टको परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा पनि छ । सानैदेखि पढाइमा अब्बल रहेका दीपेशको मृत्युले सबैलाई शोकमा डुबाएको छिमेकीले बताएका छन् ।

दीपेश कक्षा एकदेखि कक्षा दससम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका हुन् । शिक्षण पेशा गर्ने बुवा अशोक विष्टको क्यानसरबाट मृत्यु भएपछि दुई छोरालाई पाल्ने जिम्मेवारी आमा पार्वतीको काँधमा आयो । पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन् ।

दीपेशकोे सल्लाहअनुसार नै भाइ बसन्तराज बिपी प्रतिष्ठान धरानमा एमबीबीएस पढ्दै छन् । विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको हो ।