२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एनआरएनएले गैरआवासीय नेपालीको हितमा काम गर्नुपर्छ : अध्यक्ष शर्मा


728
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ ।

सोमबार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीहरुले एक अर्कालाई बधाइ र खादा लगाइदिँदै काममा लागेका हुन् ।

काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताउनुभयो । उहाँले आफूहरुसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भएको बताउनुभयो ।

अध्यक्ष शर्माले रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको बताउनुभयो । उहाँले संस्थाले केही गुट र सिमित व्यक्तिको हितमा कम गर्नु नहुने बताउनुभयो । उहाँले आफूहरुको बिद्रोह संस्था बचाउनको लागि भएको बताउनुभयो ।