२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झलनाथ खनाल स्वदेश फिर्ता


1.027k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किनुभएको छ ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ)मा सहभागी भएर उहाँ सोमबार स्वदेश फर्किएका एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिनुभयो ।

गत हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो बीआरएफमा सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले त्यहाँ आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्नुभएको थियो ।