
काठमाडौं । नेपाल प्रहरीले आज निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
टीकाको दिन सार्वजनिक सवारीसाधन कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।
बस सेवा बिहान ८ः३० बजेबाट सुरू हुनेछ । दुईवटा बसले सेवा दिने र बस दुईवटा रूटमा चल्ने प्रहरीले जनाएको छ ।
रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्नेछ ।
यस्तै दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्