
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज शुभकामना दिँदै उहाँले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ।
उहाँले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति महत्वपूर्ण रहेको समेत बताउनुभयो ।
जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर मुलुकको विकासमा लाग्न उहाँले सबैसंग आग्रह गर्नुभएको छ ।
विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने उहाँको भनाइ छ ।
नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्रीले बताउनु भयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वानसमेत गुर्नभयो ।
प्रतिक्रिया दिनुहोस्