
काठमाडौं । आज विजया दशमी । नेपालीहरुको महान चाड विजया दशमी आज मान्यजनबाट टिका, जमरा ग्रहण गरेर मनाइँदै छ । आफू भन्दा ठूला व्यक्तित्वहरुबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ ।
दशैंको मुख्य दिन आज विजया दशमीको महत्व वैदिक कालदेखि नै रही आएको १००८ स्वामी आत्मनन्द गिरीजी महाराजले बताउनुभयो । तनहुँको देवघाट धाममा रहेको गलेश्वर आश्रमका मठाधीश समेत रहनुभएका स्वामी आत्मनन्दले दशैं आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म उपासना गरेर मनाइने वैदिक सनातन धर्म अनुरुप शक्ति उपासनाको पर्व रहेको बताउनुभयो । उहाँले विजया दशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रुपमा रहेको बताउनुभयो । उहाँले भगवान रामले राक्षस रावणसँग युद्ध गर्दा भगवतीको उपासना गरेर शक्ति प्राप्त भएपछि रावणसँग विजयी भएको उत्सवमा यो पर्व मनाइने बताउनुभयो । उहाँले नेपालमा शक्ति देवीको नाममा बली दिने प्रचलन विकृतिको रुपमा आएको बताउनुभयो । उहाँले शास्त्रमा धेरै ठाउँमा बली शब्दको प्रयोग भएपनि बलीको अर्थ देवी, देवतालाई प्रतिकको रुपमा अर्पण गर्ने उपहार रहेको बताउनुभयो । उहाँले धर्म र संस्कृतिमा विकृति आउनु नहुने र धर्म र संस्कृतिमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउनुभयो ।
त्यस्तै, १०८ स्वामी अमृतानन्द गिरीले सनातन वैदिक परम्परामा पर्ने विभिन्न पर्वहरु मध्येको मुख्य पर्व विजया दशमी भएको बताउनुभयो । उहाँले आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा यो पर्व मनाइने परम्परा रहेको बताउनुभयो । उहाँले संस्कृतिसँग पछिल्लो समय केही विकृति जोडिएको भन्दै देवीलाई बली दिनु राम्रो नभएको बताउनुभयो । उहाँले बली प्रथा कसले र किन चलायो भन्ने अनुन्सन्धानको विषय भएको बताउनुभयो । उहाँले टिका प्रसाद ग्रहण गरेर विजया दशमी मनाउनु उदाहरणीयअ रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्