
काठमाडौं । तलेजु भवानीको प्रतिक जीवित देवी कुमारीबाट आमनागरिकले टीका र प्रसाद ग्रहण गरेका छन् ।
बसन्तपुरस्थित कुमारी घरमा ९ ग्रह माथि मयुरसहितको स्वर्णसिंहासनमा आसिन कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि नागरिकलाई टीका दिएकी हुन् ।
तलेजु मन्दिरमा कुमारीको तान्त्रिक विधिअनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पूजा गर्ने चलन छ ।
कुमारीको पूजा गर्नाले समृद्धि र जीवनयापनका लागि शक्ति प्राप्त हुने धार्मिक मान्यता छ । साथै जीवित देव गणेश र भैरवले पनि आ आफनै घरमा सर्वसाधारणलाई टीका लगाई दिने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्