२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भक्तपुरमा तलेजु भवानीको वाहन सेतो घोडाको जात्रा सम्पन्न


377
Shares

भक्तपुर । भक्तपुरमा तलेजु भवानीको वाहनको प्रतीक सेतो घोडाको जात्रा मंगलवार राति सम्पन्न भएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो जात्रा प्रत्येक वर्ष बडादशैँ र एकादशी बिचको मध्यरातमा मनाइने परम्परा रहेको छ ।

जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार रुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ ।

पूजा सम्पन्न भएपछि घोडालाई पूजा गरी भेडाको बलि दिएपछि भक्तपुर नगरमा डुलाएर घोडा जात्रा सुरु गरिन्छ ।

घोडालाई भक्तपुरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाएर जात्रा सम्पन्न गरिन्छ ।