२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोप हुँदै लिङ्गेपिङ


143
Shares

पाँचथर । दशैंमा खेलिने लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ ।

दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो ।

पहिलेको दशैं तिहार जस्ता चाडमा प्रत्येक गाउँका टोल टोलमा पिङ थापिन्थ्यो । दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर, अहिले गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको पाँचथरका स्थानीय बताउँछन् ।

पुराना पुस्ताले थामेको पिङ र पौराणिक घरहरुको नयाँ पुस्ताले संरक्षण गर्न नसक्दा संस्कृति हराउँदै गएको मिक्लाजुङ २ का स्थानीय भक्त चौहानले बताउनुभयो । जिल्लाभर थापिने पिङहरु पछिल्लो समय घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ ।

विशेष गरी बाँस गाडेर र रूखमा डोरी बाँधेर टोल-टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।