
काठमाडौं । दशैंका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् ।
शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन् ।
काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप बढ्न थालेको छ ।
राजधानीमा पनि चहलपहल बढ्न थालेको छ । सडक मर्मत नहुँदा यात्रा भने कष्टकरण बनेको पनि यात्रुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्