१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दशैंमा यात्रुले सहजरुपमा टिकट पाएको मन्त्री ज्वालाको दाबी


455
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको दशैंमा जिल्ला बाहिर जाने यात्रुले सहजरुपमा टिकट पाओस भन्नका लागि अघि सारेको योजना सफल भएको दाबी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यस वर्षको दशैंमा जिल्ला बाहिर जानेले सहजरुपमा टिकट प्राप्त गरेको दाबी गर्नुभयो ।

मन्त्री ज्वालाले दशैं लगत्तै घर फर्कनेहरुको चापका कारण सडक जाम नहोस भन्नका लागि पनि ठोस योजना अघि सारेको जानकारी दिनुभयो । बिगतका चाडपर्वको परिमाणमा यो बर्ष सडक दुर्घटना न्युन भएको बताउँदै उहाँले चाडपर्व लक्षित मात्र नभई सडकको पूर्वाधारमा ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो ।

राजधानीका सडकका अधिकांश खाल्डाखुल्डी पुरिएको बताउँदै मन्त्री ज्वालाले आगामी दिनमा दु्रत गतीको बस सेवा पनि निर्वाध रुपमा सञ्चालन हुने दाबी गर्नुभयो ।