२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


२०८४ सालमा सबै दललाई बिदा गर्ने रवि लामिछानेको दाबी


1.105k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सभापत रवि लामिछानेले २०८४ को चुनावमा सबै राजनीतिक दलहरुलाई एकैचोटी बिदा गर्ने दाबी गर्नुभएको छ ।

ललितपुरको मंगलबजारमा शुभकामना आदान प्रदान कार्यक्रममा सभापत लामिछानेले पुराना दलहरुले के गर्न सक्छौं ? भनेर नेपाली जनतालाई चुनौति दिइरहेको भन्दै ०८४ को चुनावबाट एकै पटकमा उनीहरुलाई पराजित गर्ने जिकीर गर्नुभयो । दिन दहाडै हत्या गर्नेलाई संविधान दिवसको दिन मुक्ति दिएर जनतालाई चुनौती दिएको लामिछानेको आरोप थियो ।

भ्रष्टाचारका फाइल खोले जस्तो गर्ने तर एक पछि अर्को गर्दै ठूला नेताहरु फस्ने देखिएपछि फाइल बन्द गर्ने गरिएको भन्दै उहाँले दल र नेताहरुले आफ्ना मान्छेका लागि सुनैसुनको महल खडा गरेको आरोप समेत लगाउनुभयो ।

यस्ता समस्याहरुको समाधान भनेको ०८४ को चुनावमा सबै दललाई एकै पटकमा बिदा गर्नु मात्रै भएको उहाँको भनाइ थियो ।