२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इजिप्टमा बस र कार ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु


325
Shares

एजेन्सी । इजिप्टको राजधानी कायरो नजिकै बस र कारहरु एकापसमा ठोक्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

कायरोदेखि १३१ किलोमिटर परको अलेक्ज्यान्द्रिया रोडमा यात्रुबाहक बस र कारहरु ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा कम्तिमा ६५ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुर्घटनापछि केही कारहरुमा आगो लागेको जनाइएको छ । मृत्यु हुनेहरु धेरै आगोमा परेको पनि समाचारमा जनाइएको छ । दुर्घटना लगत्तै २० वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो ।

इजिप्टमा सडक दुर्घटना बारम्बार भईरहने आपत् हो ।