२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आज प्रतिनिधिसभाको बैठक बस्दै


117
Shares

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।

झण्डै दुई सातापछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।