
काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताउनुभएको छ ।
आइतबार पूर्वसभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्र्कषमा पुर्याउन सहजीकरण हुने बताउनुभएको हो । उहाँले महासचिव गुटेरेसले संसदमा गर्ने सम्बोधनलाई सबैले आत्मसाथ गर्ने उल्लेख गर्दै गुटेरेसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि प्रभावकारी ढंगले सहजीकरण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु पीडितको समेत सहमतिमा निष्कर्षमा पुर्याउनुपर्ने भन्दै यो भ्रमणले बाँकी काम पूरा गर्न अन्तर्राष्ट्रिय वातावरण बनाउनका लागि पनि भुमिका खेल्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसिरहेको बेलामा महासचिव नेपाल भ्रमणमा आउनुले नेपाल भ्रमणलाई उच्च महत्व दिएको कुरा स्पष्ट भएको पनि सापकोटाको भनाई छ ।
पूर्वसभामुख सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाललाई अन्तर्राष्ट्रिय जगतको सद्भाव पनि चाहिने उल्लेख गर्दै यस भ्रमण पश्चात सो किसिमको सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेस सगरमाथाको आधारशिविरसम्म पुग्ने भएकाले उहाँको स्थलगत भ्रमणले नेपालमा जलवायु परिवर्तनका प्रभावहरु न्युनिकरण गर्न ध्यान केन्द्रित हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्