१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हाँडीगाउँमा चोक्ते नारायणको जात्रा सम्पन्न


299
Shares

काठमाडौं । काठमाडौंको लिच्छवीकालिन शहर हाँडीगाउँमा कहीँ नभएको चोक्ते नारायणको जात्रा सम्पन्न भएको छ ।

कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान समेत रहेको जात्रामा खटको गजुर उल्टाउने, देउतामाथि राख्ने र पूजा गर्ने, रथ पनि उल्टो घुमाउने र महको चाकाबाट बनाएको फूल प्रयोग गर्ने गरिन्छ ।

यस्तो प्रचलन अन्य कुनै पनि जात्रामा नहुने भएकाले पनि जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो ।

नौ महिनामा सुत्केरी हुनु पर्नेमा सत्य युगमा एक महिलाको गर्भ बाह्र वर्षसम्म रहेपछि नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएको र त्यसपछि यो जात्रा शुरु गरिएको किंवदन्दी रहेको छ ।