२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक मंगलबारको संसद बैठकमा पेस गर्ने


143
Shares

काठमाडौं । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलबारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताउनुभयो ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा सोमबार छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उहाँले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताउनुभयो । उहाँले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेस हुने बताउनुभयो ।

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताउनुभयो ।