
web pic
काठमाडौं । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराको एउटा बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको छ ।
घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाराको कलैया– ६ मदरसा टोलमा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि सोमबार दिउँसो मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरेका थिए । घटनालगत्तै स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा लगिएकोमा थप उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो ।
गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्