१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन


6.773k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराउनुभएको हो । उहाँले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकतावद्ध बनाउन नसकिने भएकाले त्यस कुराको ख्याल गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै अध्यक्ष ओलीले सो बाटोमा जान नहुनेतर्फ पनि नेता, कार्यकर्ताहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले एमालेले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प लिएकाले त्यसलाई पूरा गर्न सिंगो पार्टी परिचालित हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेले विपक्षमाथि निषेध र दमनको राजनीति नगरेको दाबी समेत गर्नुभयो ।