२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओखलढुंगामा आगलागीबाट एक जनाको मृत्यु


949
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हर्कपुरमा आगलागीबाट एक महिलाको मृत्यु भएको छ ।

खाना पकाउनका लागि पेट्रोल प्रयोग गरेर चुल्हो बाल्ने क्रममा आगो सल्किँदा स्थानीय ३९ वर्षीया कमला दाहाल गौतमको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो साँझ भएको उक्त घटनामा आगो निभाउने क्रममा स्थानीय जानुका गौतम सामान्य घाइते भएकी छन् ।

घुर्मीस्थित जनसेवा हेल्थ केयरमा उनको उपचार भइरहेको छ । काठले बारेको भान्छा घरमा आगो सल्किँदा काठपात, अन्नपात, भाडावर्तनलगायत गरी लगभग एक लाख क्षति भएको प्रहरीले जनाएको छ ।