
काठमाडौं । बाराको कलैयामा बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको हो । ६ जनामध्ये तीन जना नेपाली र तीन जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमध्ये एक महिला उक्त विद्यालयकै पूर्वशिक्षिका रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।
सोमबार रुपेशलाई सीमा पारीबाट आएकाहरुले ५ राउण्ड गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।
गोली लागेपछि गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्