१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सरकारले समयमा पैसा नपठाउँदा किसानले अनुदान पाएनन्


182
Shares

सर्लाही । सरकारले समयमा पैसा नपठाउँदा उखु किसानलाई आवश्यक रकम अनुदान दिन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवाले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवाका कोष नियन्त्रक पुरुषोत्तम बरालका अनुसार सर्लाहीका लागि प्राप्त हुनुपर्ने २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ ०३ रुपैयाँमध्ये गत बिहीबार नौ करोड मात्रै प्राप्त भएको छ ।

बाँकी रकम निकासा भए कार्यालयले गर्नुपर्ने काम पूरा गरी किसानको खातामा पैसा पठाउन सम्भव हुने कोष नियन्त्रक बरालले बताउनुभयो ।

सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९÷०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ निर्धारण गरेकोमा चिनी उद्योगले ५ सय ४० रुपैयाँ भुक्तानी गर्ने र बाँकी ७० रुपैयाँ सरकारले अनुदान बापत उपलब्ध गराउने उल्लेख छ ।

चाडपर्व भित्रिएको र यही बेला नयाँ उखु रोप्ने समय भएकाले सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक संकटमा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।