
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ ।
महासचिवको रुपमा नेपाल भ्रमण गर्ने गुटेरेस पहिलो नेपाल भ्रमण गर्ने छैठों महासचिव हुनुहुन्छ ।
सन् १९५५ को १४ डिसेम्बरमा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको ३ वर्ष ३ महिना पछि सन् १९५९ मा संयुक्त राष्ट्रसंघबाट महासचिव स्तरमा नेपाल भ्रमण भएको थियो । ६४ वर्षअघि १९५९ को १६ मार्चमा स्वीडेनका महासचिव ड्याग ह्यामर्सोल्ड नेपाल भ्रमण गर्ने पहिलो महासचिव हुुनुहुन्छ ।
यीबाहेक संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले वि.स. २०६५ कार्तिक १५ देखि १६ मा नेपालको दुई दिने भ्रमण गर्नभएको थियो । नेपालको शान्ति प्रक्रियालाई सघाउ पु¥याउने क्रममा मुन नेपाल आउनु भएको थियो ।
त्यसअघि म्यानमारका महासचिव.युथान्त, अष्ट्रियाका महासचिव कुर्त वाईल्ड हाईम, पेरुका महासचिव हाभिएर पेरेज द कोयार, घानाका कोफी अन्नानको भ्रमणपछि पाचौं महासचिवको रुपमा दक्षिण कोरियाका महासचिव बान कि मुनले नेपाल भ्रमण गर्नुभएको थियो ।
यद्दपी यी विभिन्न देशका महासचिवहरुले संसदमा सम्बोधन गरेका थिएनन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस महासचिवको रुपमा सम्बोधन गर्ने पहिलो व्यक्ति हुुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्