५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ : मन्त्री भुसाल


52
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ विजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ ।

१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनुभयो ।

मन्त्री भुसालले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्‍याइएको बताउनुभयो । उहाँले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकार आफ्नो उत्पादनको प्रवद्र्धन गर्ने, उत्पादनको रक्षा र संवद्र्धन गर्ने पक्षमा दृढ रहेको बताउनुभयो ।

मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिष्थापन गर्नु रहेको बताउनुभयो । प्रदर्शनी आजबाट कात्तिक १८ गतेसम्म हुने छ ।